नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले भेटवार्ता गरेको जनाएका छन् । अमेरिकी राष्ट्रपति जोसेफ आर. बाईडेन, जुनियरको प्रशासनका प्राथमिकताहरु सेयर गर्ने क्रममा राजदूत बेरीले प्रचण्डलाई भेटेका हुन् ।
दाहालसँगको भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूतले जानकारी दिँदै भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको बताएका छन्।