नेपाली सेनाले पहिलो दिन नै १ सय ७७ जनालाई लगायो कोभिड खोप

Spread the love

नेपाली सेनाले पहिलो दिन नै १ सय ७७ जनालाई कोरोनाविरुद्धको खोप लगाएको छ।

वीरेन्द्र सैनिक अस्पतालमा १४० जना र उपत्यका बाहिरका सैनिक अस्पतालमा ३७ जनालाई खोप लगाइएको सेनाले जनाएको छ।

सरकारले नेपाली सेनाको वीरेन्द्र अस्पताललाई कोभिड–१९ विरुद्धको खोप केन्द्रको रुपमा तोकेको छ।

NepalArmy vaccine 1

वीरेन्द्र अस्पताल तथा अन्य सैनिक अस्पतालहरुमा कार्यरत् अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्य सुरु गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत रहेका सहायक रथी डा. भुवनराज कुँवरलाई कोभिड–१९ को पहिलो खोप लगाएर सो अभियानको सुरुवात गरेको हो।

सहायक रथी कुँवर सेनाको स्वास्थ्य सेवातर्फका प्रमुख पनि हुन्।

‘यो खोपको साइड इफेक्टको कुरा पनि रहेको हुँदा अझै पनि धेरैमा यो लगाउँदा के हुने हो, कसो हो भन्ने कुरा पनि छ, त्यसैले वरिष्ठ व्यक्तिबाटै सुरु गरिएको हो,’ सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले भने।

यो चरणमा करिव १० दिनसम्म खोप लगाउने योजना रहेको सेनाले जनाएको छ।

PM NepalArmy hospital

यसैबीच रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सैनिक अस्पतालमा पुगेर खोप केन्द्रको गतिविधि अवलोकन गरेका छन्।

आज बुधबार देशका बिभिन्न स्थानबाट एकैचोटि कोभिड–१९ खोप अभियान सुरु गरिएको हो।

अग्रपंक्तिमा रही कोभिड उपचार र उद्दारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाइँदैछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *