प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन जित्न कठिन रहेको टिप्पणी गरेका छन् । बिहीबार आफ्नो समूहनिकट जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै उने प्रचण्डलाई दशा लागेको पनि बताए ।
‘हेर दशा लागेको, अब उहाँहरूले चुनाव जित्नुहुन्छ ? २०७४ मा हामीले चुनाव जिताएका थियौँ, चितवनबाट । त्योभन्दा अगाडि बत्ती निभाएर बाकस साटेर चुनाव जिताइएको थियो,’ ओलीको भनाइ छ ।
ओलीले प्रचण्डको समाजवाद परिवारवाद रहेको भन्दै कटाक्ष गरेका छन् । ‘प्रचण्डको घरधनीलाई समेत समाजवाद आइसकेको छ । उनका नातगोतालाई समाजवाद आइसकेको छ,’ उनको व्यंग्य थियो ।
सरकारलाई प्रचण्ड-माधव नेपालले काम गर्न नदिएको र सरकार ढाल्न उद्यत् रहेकाले प्रतिनिधिसभा विघटन गरेको ओलीको भनाइ छ ।