पीएम कप : आर्मीले उचाल्यो पहिलो पटक उपाधि

Spread the love

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ।

शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो।

पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन। पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए।

अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो।

No description available.

उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो।

मध्यक्रमका ब्याट्सम्यानले एपीएफको इनिङ्स सम्हाले पनि तल्लोक्रमका ब्याट्सम्यान सम्हालिन नसकेपछि एपीएफ उपाधिबाट बञ्चित हुन पुग्यो। एपीएफले पछिल्लो ४ रन जोड्न ४ विकेट गुमायो।

खेलको तेस्रो ओभरमा नै २ विकेट गुमाएको एपीएफको इनिङ्स आरिफ शेख र शंकर रानाले सम्हालेका थिए। तेस्रो विकेटका लागि आरिफ शेख र शंकर रानाले ७१ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए।

जितेन्द्र मुखियाले रानालाई २१ बलमा क्याच आउट गराउँदै साझेदारी तोडे। ४७ बलको सामना गरेका रानाले ३ चौका हाने। आरिफ शेखलाई ६१ रनमा क्याच आउट गराउँदै पवेलियलमो बाटो देखाए। शेखले ७१ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक पूरा गरे।

No description available.

ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १४ रनमा क्याच आउट भए। १५ बलको सामना गरेका खकुरेलले ३ चौका हाने। उनी जितेन्द्र मुखियाको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन्। कप्तान शरद भेषावकर गोल्डेन डकआउट भए। ४० बलको सामना गरेका सुमित मर्हजन १ चौका र १ छक्का हान्दै १९ रनमा आउट भए।

आर्मीका विक्रम शोब, जितेन्द्र मुखिया र साहब आलमले समान ३ विकेट लिए। सुसन भारीले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको थियो। मध्यम सुरुवात गरेका आर्मीका ओपनिङ ब्याट्सम्यान सुशन भारी १३ र अनिल मण्डल ११ रनमा पवेलियन फर्के।

हरि चौहान ५८ रनमा क्याच आउट भए। १ सय २ बलको सामना गरेका चौहान ६ चौका हान्दै अभिनाश बोहोराको बलमा कमल ऐरीका हातबाट क्याचआउट भए। भीम सार्की र कप्तान विनोद भण्डारी समान ७ रनमा आउट भए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *