चीनले नेपाललाई तीन लाख मात्रा खोप उपलब्ध गराउने

Spread the love

काठमाडाैँ ।

चीनले नेपाललाई तीन लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएकाे छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको हो ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । रासस


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *