प्रचण्डलाई ओलीको प्रश्न : मांसाहारी आन्दोलन भनेको नरभक्षी हो?

Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक आन्दोलन चाहेको आरोप लगाएका छन्।

नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहाकारी आन्दोलनले पुगेन, अब मांशाहारी आन्दोलन आवश्यक छ’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रचण्डले नरभक्षी आन्दोलन चाहेको आरोप लगाएका हुन्।

‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो’, प्रचण्डमाथि प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो। नरभंक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन।’

प्रधानमन्त्री ओलीले आफूहरुको आमसभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर, विप्लवको नाम लिएर तर्साउन खोजेको समेत आरोप लगाए। ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर, यो भेललाई रोक्न सकेन’, उनले भने।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *