ओली र उनका वकिलहरुको ओठ–तालु सुकिसकेको छ : रामचन्द्र पौैडेल

Spread the love

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिने दावी गरेका छन्।

शनिबार गृहजिल्ला तनहुँमा आयोजित शुभेच्छुक संस्थाको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले मनमोहन अधिकारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिएको उदाहरण दिँदै अहिले पनि संविधान हेरेर र पढेर अगाडि बढे प्रतिनिधि सभा पुनस्र्थापना हुने दावी गरेका हुन्।

उनले असंवैधानिक प्रतिनिधि सभा विघटनलाई संवैधानिक बनाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने बताए।

‘मनमोहन अधिकारीले अविश्वासको प्रस्ताव आउँछ भनेपछि अल्पमतको प्रधानमन्त्रीले संसद विघटन गरिदिए। तर अदालतले उल्ट्याइदियो’, उनले भने, ‘त्यसरी नै अदालतले संविधानलाई हेरेर, पढेर निर्णय गर्ने हो भने यो पनि उल्टिन्छ।’

उनले पछिल्लो समय प्रधानमन्त्री ओलीको ओठ तालु सुकिसकेको बताए। उनले अदालतमा ओलीको पक्षमा बहस गर्ने वकिलको पनि ओठतालु सुकेको बताए।

‘मैले हिजो प्रधानमन्त्री केपी ओलीको भाषण पनि सुने, तिनको पनि ओठतालु सुकेको छ, हिजो मेले अदालतको बहस हेरेँ, त्यहाँ पनि ओलीका वकिलहरुको ओठतालु सुकेको छ’, पौडेलले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भन्ने कुरा बलियो भएर आएको छ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *