वातावरण विस्तारै सकरात्मक दिशातिर गयो, जनताले जित्नेतिर गयो : प्रचण्ड

Spread the love

निगरानी न्युज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब जनताले जित्नेगरि वातावरण सकारात्मक बनेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्धमा पुष ५ गतेबाटै सडकमा गएको सुनाए । उनले अरु साथीहरुलाई सडकमा आउनुहोस भनेर पर्खेर नबसेको स्मरण गराए ।

आज एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘वातावरण विस्तारै सकारात्मक बन्दै गएको छ । मैले अहिले सबै आँकडा त यहाँ भन्न मिल्दैन् । र, सम्भवपनि छैन् । अब जनताले जित्नेगरि वातावरण बनेको छ । फेरि प्रतिक्रान्तिहरुले हार्ने दिशातिर अघि बढेको छ । पर्सी २८ गतेको कार्यक्रम हामीले ऐतिहासिक रुपमा सफल पार्नुछ । तपाईँहरु अहिले काठमाडौंमा हुनुहुन्छ, यहाँहरुले पर्सीको कार्यक्रमको लागि बढिभन्दा बढि जनतालाई उठाउने, किनभने केपी ओली चाहीँ अब रक्षात्मक हुनेतिर गैसक्यो । उनीहरुको अब डिफेन्सिभ हुनेतिर गैसके, उनीहरुले धाकधक्कु त धेरै लगाए, तर, छिरलेर मान्छे राख्दा पनि उनकै सेक्युरिटीले ३० हजारदेखि ३५ हजारभन्दा बढि थिएनन् भनिदिएपछि उनीहरुबीच आँफै आँफैबीच गाली गरागर भएको पनि मैले देखेको छु ।’

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *