असाधारण काम देखेर विरोधीहरु छटपटाए : प्रधानमन्त्री ओली

Spread the love

निगरानी न्युज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन बर्षमा गरेको काम देखेर विरोधीहरु छट्पटाएको आरोप लगाएका छन् । उनले तीन बर्षमा सरकारले असाधारण काम गरेको र त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको पनि बताए ।

शनिबार बुटवलमा आयोजित आफूपक्षीय आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’
त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीको भनाइ छ ।

‘खाली अनुहार नराम्रो लागेर मात्रै होइन, कामसँग डराएर । हामी कहिल्यैपनि शिर निहुर्याउन जानेनौँ । हाम्रो राष्ट्यितको पक्षमा, स्वाधिनताको पक्षमा समान हकअधिकार हामीले अन्तराष्ट्यि तवरमा पनि हामीले भन्यौँ,’ ओलीले राष्ट्यिता जोगाउन पनि लागि परेको बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *