सरकारविरुद्धको भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

Spread the love

निगरानीन्युज।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि फागुन ३ गतेको सरकारविरुद्धको प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेको छ । आज अपरान्ह एक विज्ञप्ती निकाल्दै उसले संसद विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न पनि अपिल गरेको हो ।जारी विज्ञप्तीमा भनिएको छ,‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

सभापति शेरबहादुर देउवाको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *