काठमाडौं । सरकारविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुले आज साँझ मशाल जुलुश निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल नेपाल समूह आन्दोलित छ । त्यसकै निरन्तरता अनेरास्ववियूले आज मशाल जुलुश निकालेको हो । विद्यार्थीहरुले भृकुटीमण्डपबाट जुलुश निकालेका थिए ।
