बस दुर्घटना हुँदा नेपाली सेनाका दश जना गम्भीर घाइते

Spread the love

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस दुर्घटना भएकाे हाे। बसमा सवार क्याप्टेन उमेश राईसहित २३ जनामध्ये १० जना घाइते भएका हुन्। उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो।

गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *