कांग्रेसले भन्यो : बैतडी घटना निन्दनीय, दोषीलाई तत्काल पक्राउ गर

Spread the love

नेपाली कांग्रेसले बैतडीमा आफ्नो पार्टीका नेताहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नियोजित रुपमै आक्रमण गरेको बताएको छ।

मंगलबार दिउँसो बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री ओली निकट कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र शैल्यशिखर नगरपालिकाका तरुण दल सभापति सुरेश विष्टसहितका नेता कार्यकर्ता घाइते भएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो पार्टीका नेताहरुमाथि नियोजित रुपमा आक्रमण गरिएको उक्त घटना नियोजित र निन्दनीय भएको बताएका छन्।

‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ।

उनले घटनामा केही सवारीसाधनमाथि टोडफोड गरिएको र तरुण दलको प्रतिकारपछि मात्रै कार्यक्रम सम्भव भएको बताएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *