मंगल ग्रहमा नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स सफलतापूर्वक अवतरण

Spread the love

काठमाडौं।

नासाको अन्तरिक्षयान मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।

नासाको पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभर मंगल ग्रहको सतहमा अवतरण भएको हो ।
यान सफलतापूर्वक अवतरण गरेकोमा क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुसियाली मनाएका थिए ।

‘‘हामीले ग¥यौँ। हामी त्यहाँ पुग्यौँ,’’ उनीहरुले एकसाथ भनेका थिए । त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो ।

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ कि छैन भनेर हेरिने छ। सो रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ।

यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मंगल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्न आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू समेत जडान गरिएको छ ।

छ वटा पांग्रा भएको सो रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा पार गर्दै मंगलमा पुगेको हो ।

मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो ।

पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिदेखि चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अंगले बताएकी छन् ।

आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मंगल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने विश्वास गरिएको छ । एउटा ग्रहमा बसेर अर्को ग्रहमा उडान गर्ने यो पहिलो फ्लाइट हुनेछ ।

अर्बौं वर्षअघि मंगल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने विश्वास गरिन्छ । पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको छ ।

हालसम्म मंगल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ वटा प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । अमेरिकी प्रयाससन् १९९९ मा विफल भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *