प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर भेटे

Spread the love

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अदालतमा डाके । जबराले बोलाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पुगेर जबरालाई भेटे । दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो ।

स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे विशेष कुराकानी भयो । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय थियो ।

नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।



Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *