सर्वोच्च अदालतमा आज बहसको नोट बुझाउने तयारी चलिरहेको छ । साँझसम्म नोट बुझाइने बुझिएको छ । अब मुलुकको राजनीतिक भविष्यको मार्ग निश्चित गर्ने फैसला कस्तो हुने हो ? सबैको चासो बढेको छ । सर्वोच्चको स्रोतका अनुसार १५ फागुनभित्र फैसला आउनेछ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु तेजबहादुर केसी, अनिलकुमार सिन्हा, विश्वम्भर प्रसाद श्रेष्ठ र सपना मल्ल छन् । इजलासले सर्वसम्मत या बहुमतबाट पक्ष या विपक्षमा फैसला गर्न सक्छ ।