प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रदेशको गुमेको भूभाग फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
भारतले नेपाली भूमि आफ्नो नक्सामा सामेल गरेकोप्रति आपत्ति जनाउँदै उहाँले भारतसंग तथ्य प्रमाणमा आधारमा वार्ता भइरहेकोले नेपाली भूमि फिर्ता ल्याएर छाडने बताउनु भएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका ३ मादैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा अबदेखि कसैले आँखा नलगाउन चेतावनी समेत दिनुभयो । उहाँले अन्य मुलुकको स्वाभिमान सम्मान गर्ने र नेपालले पनि अन्य मुलुकबाट त्यस्तै अपेक्षा राखेको पनि प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले कञ्चनपुरको औद्येगिक क्षेत्रको बिकाससंगै जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने बताउनु भयो । उहाँले कञ्चनपुरको औद्योगिक क्षेत्रको बिकास सगंै बाहिरबाट आएका प्राविधिकबाट स्थानीय जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले अब सुन्दर सुदुर पश्चिममात्रै नभएर विकसित सुदूरपश्चिम पनि बन्ने बताउनुभयो ।