म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन आज प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन्।
व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार-व्यसायहरू बन्द भएका छन्।
द्वन्द्वको बाटोमा अघि बढे “ज्यान जान सक्ने” चेतावनी सेनाले दिएको थियो।
तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित छन्।