सर्वाेच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो : बाबुराम भट्टराई

Spread the love

काठमाडौँ  :  उपचारको लागि भारतमा रहेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उनले ट्वीट गरेर प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका हुन् ।

‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ।  हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’ उनले ट्वीटरमा लेखेका छन् ।

 

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *