काठमाडौँ :
आजदेखि सुरु हुने तेस्रो टेस्टलाई सिरिज जित्ने टेस्ट मानिएको छ । घरेलु मैदानमा बलियो मानिने भारतलाई रोक्न इंग्ल्याण्डलाई चुनौति छ । पहिलो टेस्ट इंग्ल्याण्डले जित्दा दोस्रो टेस्टमा भारतले जित हात पारेको थियो ।
चार खेलको टेस्टपछि भारत भ्रमणमा रहेको इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी र तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पनि खेल्नेछ ।