पशुपतिमा जलहरी रोक्न सर्वोच्‍चको अन्तरिम आदेश

Spread the love

काठमाडौँ : सर्वाेच्च अदालतले पशुपति मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।
पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि अन्तरिम आदेश दिएको हो ।

सर्वाेच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनुभनेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *