चीनले नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा बढाएर ८ लाख पुर्‍यायो

Spread the love

चीनले नेपाललाई अनुदानमा दिने कोभिड भ्याक्सिन (खोप) को मात्रा बढाएर ८ लाख डोज पुर्‍याउने भएको छ।

‘कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सहयोग गर्नका लागि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिने भ्याक्सिनको परिमाण बढाएर ८ लाख डोज पुर्‍याउने निर्णय गरेको छ,’ नेपालस्थित चिनयाँ दूतावासले सोमबार जनाएको छ, ‘यसमा छिटो विजय हासिल गर्नका लागि हातेमालौं गरौं।’

चीनले सुरुमा नेपाललाई तीनलाख डोज कोभिड भ्याक्सिन दिने घोषणा गरेको थियो।

पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन कुराकानी हुँदा वाङले त्यसलाई बढाएर पाँच लाख डोज पुर्‍याउने प्रतिबद्धता गरेका थिए।

भारतले पनि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्रदान गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *