काठमाडौं।
नेपाल आयल निगमलेफेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमले विज्ञप्ति जारी गरेर सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किली २५ डलर बढाएर प्रति किली ८९३ अमेरिकी डलर पुर्याइएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।