सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउँछौँ : पूर्वप्रधानमन्त्री नेपाल

Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आज यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

फाउण्डेशनका संरक्षक रहेका अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार विसं २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको रु तीन लाख रकम अहिले रु ३० करोड भएबाट जनताको मुहारमा खुशी आएको धारणा राखे।

उनले पार्टीको संगठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गरेको स्मरण गरे।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्युताइदिनु जनता र सत्यको जीत भएको धारणा राखे। उनले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरे।

फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे, अधिकारीकी छोरी लीमा अधिकारी, प्रा भेषप्रसाद धमला र सुरेशराज शर्माले स्व अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोच भएको व्यक्तित्व भएको बताए। सो अवसरमा २३ अग्रज कम्युनिष्ट नेता र १२५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। रासस


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *