प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्यायो, हामी झ्यालबाट हेर्दैछौं : प्रवक्ता शर्मा

Spread the love

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेस पार्टीको ढोका ढकढक्याएको तर सो पार्टीले भने त्यो परिदृष्यलाई झ्यालबाट हेरिरहेको बताएका छन्।

काग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावबारे कसरी प्रस्तुत हुने भन्ने विषयमा आफूहरुले विचार गरिरहेको बताए।

‘फागुन २३ गते संसद बैठक बस्न लागेको अवस्थामा नेकपाका दुवै पक्ष र सञ्चार माध्यमहरुसहित देश तथा विदेशमा रहनु भएको सबैले नेपाली कांग्रेसतर्फ हेरिरहनु भएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याएको छ तर कांग्रेसले ढोका खोलेर ग्रहण गरिसकेको छैन र हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं।’

उनले यो प्रस्तावका सम्बन्धमा कसरी प्रस्तुत हुनु उचित हुन्छ भन्नेबारे छलफल जारी रहेको बताए।

शर्माले ससद पुनर्स्थापनपछिको राष्ट्रिय राजनीति अब कता जान्छ र कांग्रेसले के निर्णय लिन्छ भन्ने विषयमा धेरैलाई चासो भए पनि यसबारे पार्टीले कुनै औपचारिक धारणा बनाइनसकेको बताए।

‘सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि राष्ट्रिय राजनीति कसरी अघि बढ्छ? नेपाली कांग्रेसले के निर्णय गर्छ भनी नेपाली कांग्रेसले लिने निर्णयप्रति सिंगो मुलुकको अपेक्षा छ र त्यस विषयमा हामी संयमतापूर्वक छलफलमा रहेका छौ,’ उनले भने, ‘नेपाली कांग्रेसले संसदीय दलको बैठक भोलि शुक्रबारका लागि बोलाएको छ। केही सैद्धान्तिक र केही नीतिगत विषयमा भर्खर मात्रै प्रवेश भएको छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूहरु प्रधानमन्त्री पद खोज्दै कतै नजाने तर सरकारको नेतृत्व गर्ने प्रस्ताव आएमा जिम्मेवारीबाट नभाग्ने बताएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *