पूर्व प्रधानमनत्री भट्टराईद्वारा सरकार र विप्लव समूहबीच भएको सम्झौताको स्वागत

Spread the love

काठमाडौं।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिको स्वागत गरेका छन्।

“सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ”, भट्टराईले ट्वीटर मार्फत भनेका छन्, “यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारु विद्रोहका सबै राजबन्दीहरुलाई रिहाइ गरेर उनीहरुसँग वार्ता गरोस् र उनीहरुका माग सम्बोधन गरोस्।”

सरकार र विप्लव समूहबीच आज बिहान तीन बुँदे सहमति भएको थियो। विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, पक्राउ परेका रहेका नेता कार्यकर्ता रिहा गर्ने र उनीहरुमाथि लागेका मुद्दा फिर्ता लिने सहमति सरकार र विप्लव समूहबीच भएको थियो।

“संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है, नत्र जो होचो उसको मुखमा घोचो हुनेछ”, भट्टराईले भनेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *