सांसदहरुलाई ओलीको निर्देशन : प्रचण्ड–नेपालको दबाब र प्रलोभनमा नपर्नुहोला

Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पनि दबाब र प्रलोभनमा नपर्न आफ्नो समूहका सांसदहरुलाई निर्देशन दिएका छन्।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षका सांसदलाई दबाब र प्रलोभन देखाएको भन्दै त्यसको डटेर सामना गर्न निर्देशन दिएका छन्।

उनले प्रचण्ड–नेपाल समूहको घेराबन्दीमा परेर आउन पाइन भनेर नभन्न र त्यस्ता कुराको डटेर सामना गर्न पनि सांसदहरुलाई आग्रह गरे।

‘प्रचण्ड–नेपालले माननीयहरुलाई विभिन्न रुपमा भ्रममा पार्ने, दबाब दिने गर्लान्, घेराबन्दीमा परेर आउन सकिनँ नभन्नुहोला’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘तपाईँहरु त माननीय हो, यस्तो कुरामा डटेर सामना गर्नुपर्‍यो।’

उनले पार्टी र संसदमा सधैँ बहुमत नहुने भन्दै अल्पमतमा परे पनि उच्च मनोबलका साथ सामना गर्नुपर्ने बताए।

‘तपाईँहरु आत्तिनु पर्दैन, कहिलेकाही पार्टीमा अल्पमतमा पनि पर्न सकिन्छ। अल्पमतमै परे पनि उच्च मनोबलको साथ डटेर सामना गरौँ’, ओलीको भनाई उद्धृत गर्दै ती सांसदले भने।

प्रधानमन्त्री ओलीले आफ्नो समूह बहुमतमा रहेका कारण कुनै दुविधामा नपर्न आग्रह गरेको सांसद पदम गिरीले बताए।

‘हाम्रो पक्षमा बहुमत सांसद रहेको र कुनै ‘कन्फुजन’मा पर्नुपर्दैन भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ ओलीको भनाई उधृत गर्दै गिरीले  भने।

बैठकमा ओलीले आफू पक्षका सांसदहरुलाई एकढिक्का भएर संसदमा प्रस्तुत हुन पनि निर्देशन दिएको उनले बताए।

ओलीले प्रचण्ड–नेपालले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेर आफ्नै पार्टीको बहुमतको सरकार ढलाउने, पार्टीमा विभाजन ल्याउने र अरुलाई प्रधानमन्त्री बन्देऊ भन्दै हिँड्नेजस्ता निकृष्ट काम गरेको आरोप लगाए। आफूलाई प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै उनले त्यसको सामना गरेर जाने बताए।

‘अहिले छोड्ने कुरा केही पनि छैन, संसदमा हरेक कुराको डटेर सामना गर्नुपर्छ’, ओलीले भने, ‘तपाईंहरु त्यसै अनुसार लाग्नुहोस्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *