महरा र विप्लवको महत्वपुर्ण भेट : पार्टी एकीकरण गर्न जोड

Spread the love

लामो समय भुमिगत भएर भर्खरै मात्र सार्वजनिक भएका नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव र पूर्व सभामुख कृष्ण बहादुर महरा बिच बिशेष भेटघाट भएको छ । वर्तमान सरकार संग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव आज महरा निवास खुमलटार पुगेर भेटघाट गरेका हुन ।

तत्कालीन माओवादी जनयुद्ध पछि शान्ती प्रक्रियामा आउँदा नेतृत्वदायी भुमिका खेलेका पूर्व सभामुख महरालाई राजनीतिक तथा शैक्षिक गुरुको रुपमा सम्मान गर्ने विप्लवले महरासंग भेटेर वर्तमान राजनीति अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको महरा निकट स्रोतले जनाएको छ ।

उक्त स्रोतले भन्यो, ‘वहाँहरु २ बीच पार्टी एकीकरणसम्मका विषयमा छलफल भएको छ’ । महरा भेट्नु र प्रचण्ड भेट्नु भनेको एकै भएका पश्चिमका एक युवा नेताले बताए । महराले विप्लवलाई सहकार्य गरेर अघि बदना आग्रह गरेका थिए । संसद पुनर्स्थापना पछि संसद बैठक बस्नु भन्दा अगाडी पछिल्लो राजनीतिमा चर्चाका रुपमा आएका विप्लव र पूर्व सभामुख महराको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *