अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍‍मा कांग्रेसको घेराउ र नाराबाजी

Spread the love

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन ।

भुसालको आग्रहपछि पनि सभामुख अग्नि सापकोटाले अध्यादेश पेश गर्न समय दिएका थिए । त्यसपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले अध्यादेश फिर्ता हुनुपर्ने बताए । खाँणले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन् ।

नाराबाजीपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *