सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी आज बस्ने

Spread the love

 

काठमाडौं।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज हुने फैसला गरेपछि प्रचण्ड–मावध नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिले नै ऋषि कट्टेलका नाममा दर्ता भइसकेकाे भन्दै एउटै पार्टी बनाउनका लागि नयाँ नाम लिएर जान आदेश दिएको छ ।

नेकपा नै खारेज हुने फैसला गरेपछि सो विषयमा छलफल गर्न लागेको उक्त समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।

प्रचण्ड समूहले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको छ। फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई विघटन गर्दै राजनीतिक दलको रूपमा एकतापूर्वको अवस्था नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा पुर्‍याएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *