माओवादी केन्द्रको निर्णयः सरकार निर्माणका लागि एमाले, काँग्रेस र जसपासँग वार्ता गर्ने

Spread the love

काठमाडौं । माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको बैठकले सबै दलहरुसँग वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठल जानकारी दिए ।अब कोसँग मिलेर सरकार बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,‘ हामी वार्ताका लागि खुल्ला भएका छौं । काँग्रेस, जसपा र एमालेसँग पनि वार्ता गर्छौं ।’ उनले वार्ताका लागि काँग्रेस र जसपा पहिलो प्राथमिकतामा राखिएको बताए ।

वार्तामा कुनै शर्त नराखिने समेत बताए । खुल्ला रुपमा वार्ता गर्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ताको विषयमा केन्द्रीय समिति बैठक बसी टुंगो लगाउने बताए । उनले भोलि स्थायी कमिटी बैठक बस्ने र २९ फागुनमा केन्द्रीय कमिटी बैठक बसी समर्थन फिर्ताबारे निर्णय लिने बताए


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *