काठमाडौं ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट लेखेर राखिएको छ । कैलालीको धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बुधबार प्रधानमन्त्री ओली पक्ष र रावल पक्षको कार्यकर्ताको झडपपश्चात् प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखिएको हो।
यसअघि ओली पक्षले रावलको नेमप्लेट तोडफोडका क्रममा दुई एमाले समुहबीच झडप समेत भएको थियो। झडपपछि एमाले कार्यालयमा प्रहरी परिचालन गरिएको छ।
नेकपा हुँदा ओलीलाई साथ दिएका पूर्वमाओवादी नेता भट्ट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा रहेर ओलीलाई साथ दिने निर्णय गरे पछि रावलको ठाउँमा उनलाई प्रदेश इन्चार्ज बनाइएको हो ।
भट्टको जिम्मेवारी केन्द्रले टुंगो नलगाउँदै एमालेका प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले रावलको नेमप्लेट हटाएर भट्टको नेमप्लेट पार्टी कार्यालयमा रोखेको हो।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहमा मिसिएका रावललाई ओली पक्षले भट्टलाई इन्चार्ज बनाएको थियो। त्यसअघि रावल एमालेबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए।