अमेरिका प्रवेशका लागि विभिन्न १३ देशमा लगाइएको प्रतिबन्ध हट्यो

Spread the love

अमेरिकामा विभिन्न १३ देशका नागरिकहरुका लागि प्रतिबन्ध फुकुवा गरिएको छ ।अमेरिकी विदेश विभागको विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवाको निर्णयपछि अब ति देशका नागरिकहरुले भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् ।

यसअघि डोनाल्ड ट्रम्प प्रशासनले ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशका नागरिकका लागि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणाा गरेको थियो ।

जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *