१६ वर्षमा पहिलोपटक मेस्सी र रोनाल्डो पुग्न सकेनन् च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

Spread the love

प्रि–क्वार्टर फाइनल राउन्डबाटै मेस्सी र रोनाल्डोको टोली प्रतियोगिताबाट बाहिरिएका हुन्।

मेस्सीको टोली बार्सा पीएसजीसँग समग्र लेगमा ५–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो भने रोनाल्डोको टोली युभेन्ट्स पोर्टोसँग पराजित भएको हो।

१६ वर्षमा पहिलोपटक मेस्सी र रोनाल्डो आवद्ध टोली च्याम्पियनस लिगको क्वार्टर फाइलनमा पुग्न नसकेका हुन्।

यसअघि लगातार रुपमा मेस्सी आवद्ध टोली नभए रोनाल्डो आवद्ध टोली १६ वर्षयता च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेका थिए।

सो अवधिमा रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए भने मेस्सीले ४ पटक च्याम्पियन्स लिग जितेका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *