सेलेना गोमेजले संगीतबाट सन्यास लिँदै

Spread the love

अमेरिकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूले संगीतबाट सन्यास लिने सोच बनाएको बताएकी छिन्।

भोग म्यागेजिनसँगको अन्तर्वार्ताका क्रममा गोमेजले यस्तो बताएकी हुन्। अप्रिल महिनाको भोग कभर फोटोको लागि गोमेज छनौट भएकी छिन्।

उनले उक्त म्यागेजिनसँग भनेकी छिन्,‘जब मानिसहरुले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ। मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु।’

उनले आफूले गाएकोमध्ये सबैभन्दा मनपर्ने गीत ‘लुज यु टु लभ मि’ भएको पनि बताएकी छिन्।

यस गीतका प्रशंसक धेरै छन्। तथापी धेरैले यो गीत राम्रो नभएको पनि बताइरहेका छन्।

गोमेज भन्छिन्,‘मैले निकाल्ने अर्को एल्बम फरक हुनेछ। मैले संगीतबाट सन्यास लिन अगाडि अन्तिम प्रयास गर्न चाहन्छु।’

गोमेज क्यानडाका चर्चित गायक जस्टिन बिबरका पूर्व प्रेमिका हुन्। हाल जस्टिनले विवाह गरिसकेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *