रेशम चौधरीलगायतका नेताको रिहाइबारे जसपासंगको आजको कार्यदलमा छलफल हुँदै

Spread the love

काठमाडौं ।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सम्पन्न उच्चस्तरीय भेटघाट सकारात्मक रहेको खवर सार्वजनिक भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतबाट खारेज भए पछि बदलिएको राजनीतिक परिवेसमा नेकपा एमालले र जसपाबीच सत्ता साझेदारीको पहल भइरहेको छ। यही क्रममा दुबै दलका तर्फबाट कार्यदल गठन भएको आजपनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताइएको छ ।

मधेश तथा थरुहट आन्दोलनको क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको विषयमा जसपा नेपालका नेताहरुले ध्यानाकर्षण गराएका छन् भने त्यसको रिहाइ गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने माग जसपाले अगाडी बढाएका छन् ।

जसपा नेपालले उठाएको मागको बारेमा पार्टी तथा सरकार सकारात्मक रहेको र यसको बारेमा विस्तृत छलफल गरेर टुगों लगाउनेबारे आजपनि प्रयास जारी रहने स्रोतले बतायो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *