संसदीय दलको बैठकपछि जसपा नेताहरुले देउवालाई भेट्ने

Spread the love

जसपा नेताहरुले शुक्रबार (आज) अपरान्ह ४ बजे प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग उनकै निवासमा पुगेर छलफल गर्ने भएका हुन्।

‘जसपा नेताहरुले दिउँसो ४ बजे सभापति देउवासँग भेटवार्ता गर्ने गरी कार्यक्रम तय भएका छ’, देउवाका स्वकीय सचिव भानु देउवाले  भने।

जसपा शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम जसपा नेताहरुले बिहीबार साँझ प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु छलफल गरेका थिए। जसपा नेताहरुले एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *