माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, गृहमन्त्री थापासहित एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी

Spread the love

आज (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।

(शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु गरिनेछ।

हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने यसअघिको निर्णय अनुमोदन गरेको थियो भने भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *