सिरहा मालपोत विस्फोटः घटनास्थलमा भेटियो गोइत समूहको पर्चा

Spread the love

सिरहाको लहानस्थित मालपोत कार्यालयकाे बम विष्फोट भएको ठाउँमा राई जनतान्त्रिक मुक्ति मोर्चा जयकृष्ण गोइत समूहको पर्चा फेला परेको छ।

बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।

बम बिस्फोटमा परी ६ जना घाइते भएका छन्। सेवाग्राही दिनेश भण्डारीको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ। अन्यको भने अवस्था सामान्य छ।

घाइतेमध्ये २ जना मालपोत कार्यालयकै कर्मचारी छन्। कार्यालयको दोस्रो तलामा प्रेसर कुकर बम विस्फोट भएको डीआईजी सिंहले नेपालखबरलाई जानकारी दिए।

अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *