काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर ओलीलाई हटाउने अवसर गुम्न लाग्योः पौडेल

Spread the love

काठमाडौं।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुको विकल्प नभएको बताएका छन् । म्याग्दीको बेनीमा बोल्दै उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर काँग्रेसले ठूलो अवसर गुमाउन लागेको समेत बताए ।

नेकपाभित्र विवाद भइरहेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर काँग्रेसले ठूलो अवसर गुमाएको तर्क गरे । उनले भने,‘यो सरकारलाई हटाउनैपर्छ ।’ ओलीलाई अझै पनि सत्तामा बस्ने वातावरण बनाएर लोकतन्त्रमाथि संकट बढाउन खोजेको बताए ।

ओलीमाथि संविधानको हत्या गर्न खोजेको आरोप लगाउँदै अब काँग्रेसले उनलाई हटाउन नेतृत्व लिनुपर्ने बताए । अविश्वासको प्रस्तावमा कुनैपनि हालतमा साथ दिनुपर्नेमा उनको जोड थियो ।

पौडेलले ओली नेतृत्वको सरकारबाट चुनाव सम्भव नभएको समेत बताए । ‘ओलीको नेतृत्वको सरकारबाट निर्वाचन सम्भव छैन,’ म्याग्दीको बेनीमा बोल्दै पौडेलले भने,‘ओलीले चुनाव गरेमा ठूलो दुर्घटना हुन्छ ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *