माओवादीमा केन्द्रीय सदस्यको एमालेसँगको एकता गर्दाकै संख्या, ४ हजारबाट २ सयमा झार्ने निर्णय

Spread the love

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) मा ४ हजार केन्द्रीय सदस्य थिए । नेकपा गठन भएपछि ती सदस्य सबै खारेज भई ६० र ४० को बाँडफाँडमा माओवादीबाट २ सय जना केन्द्रीय सदस्य भएका थिए । माओवादी केन्द्र ब्युँतिएपछि पुरानै संख्याका ४ हजार केन्द्रीय सदस्य भएकोमा आजको निर्णयले २ सयमा झारेको छ ।

पेरिसडाँडामा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले एमालेसँगको एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको हो । आजको

आजको बैठकमा १ सय ८५ जना सहभागी भएका थिए । ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना अनुपस्थित रहेको जनाइएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *