नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी नहुन ओली पक्षको सर्कुलर, गए विधान बमोजिम कारबा

Spread the love

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षले कुनै पनि गुटगत भेलामा सहभागी नहुन सबै नेता र कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। माधव नेपाल पक्षले चैत ४ र ५ गतेको लागि आयोजना गरेको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा ओली पक्षले यस्तो निर्देशन दिएको हो।

महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजन गर्ने भनी प्रचारित सूचनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले त्यस्तो कुनै पनि भेला पार्टीले आयोजना नगरिएको समेत बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न र नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता र कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ। अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *