ओलीका कारण पार्टीमा विग्रह आएको एक भारी प्रमाण दिनसक्छु : नेपाल

Spread the love

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्र भएको विग्रह र वितण्डाको जिम्मा ओलीले नै लिनु पर्ने बताए।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए।

‘आजको यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ’, उनले भने, ‘यसका निम्ति तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *