बाबुराम भट्टराईको टिप्पणी : ओलीलाई छिटो विदा गर्न चुक्यौं भने हामीलाई इतिहासले माफ गर्ने छैन

Spread the love

काठमाडौं।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो विदा गर्नुपर्ने बताएका छन् । उनले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्याम हुसेन, पर्वेज मुसर्रफ र हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले अब ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुके आफूहरु कसैलाई पनि ईतिहासले माफ नगर्ने दाबी गरेका छन् । उनले लेखेका छन्-“राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!”


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *