सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनोट

Spread the love

काठमाडौं ।

सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा छनोट भएकी छिन्। आरडिएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई अंकका आधारमा ४–१ ले हराउँदै छनोट भइन्।

नेपाल बक्सिङ संघले आयोजना भएको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलबार नै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ ले हराउँदै छनोट भएकी थिइन्।

छनोटमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी लगायतको उपस्थिति रहेको थियो। आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *