बम विस्फोटमा परी पाँच महिला र एक बालकको मृत्यु

Spread the love

अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरू चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।

गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवश पाँच महिला एक बालक मारिनुको साथै अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताएका छन्।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। यद्यपि यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन।

यसै गरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरूले आक्रमण गरेका थिए।

यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छजना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले बताएका छन्।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीनजना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ। अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बाबजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरूविरुद्धको हत्या जारी रहेको बताइएको छ। हालका केही महिनायता अफगानिस्तानमा हिंसा बढेको छ।

अफगानिस्तानका सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *