नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली पुगेका छन्।
आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफू २७ वर्षपछि सिन्धुली पुगेको र विद्रोह काल सम्झिएको बताएका छन्।
अगुवा कार्यकर्ता भेलाका सन्दर्भमा उनी सिन्धुली पुगेका हुन्।
आफूले पार्टी एकता गरी बनाएको दुइ तिहाइको बहुमतको सरकारबाट देशमा स्थायित्व, शान्ति र समृद्धिको यात्रा अगाडि बढ्ने ठूलो विश्वास गरेको तर ३ वर्ष पुग्दानपुग्दै दुर्घटनामा परेको उल्लेख गरे।
कार्यकर्ता भेटघाटमा प्रचण्डले भने, ‘अनौपचारिक सन्दर्भमा म सिन्धुली आइपुगें, २७ वर्षअगाडि हरिबोल गजुरेलजीको पुरानो घरमा म बास बसेको थिएँ, विद्रोहको तयारीका लागि देशभर प्रशिक्षण चलिरहेको थियो, त्यसैको सिलसिलामा म यहाँ आइपुगेको थिएँ।’
काठमाडौं वा देशको पछिल्लाे राजनीतिक घटना क्रममा चैत ४ र ५ को बैठकमा केन्द्रित रहेको, हाम्रै पार्टीको केन्द्रीय समितिको बैठक सकिएको र केही निर्णय गरेर सर्कुलर गरिएको २ दिनचाहिँ टाइम निक्ल्यो मलाई, र २७ वर्षपछि सिन्धुलीमा जिन्दगीमा २७ वर्षपछि पुरानो सम्झनलाई ताजा बनाउने उद्देश्यले म बिलकुल अनौपचाकि भ्रमणमा आएको हुँ। तर काठमाडौंबाट सिन्धुली आइपुग्दा बीचबीचमा जनताको जनु जिज्ञासा पाएँ, त्यसले अनौपचारिकभन्दा पनि भन्दाभन्दै औपचारिक भन्दा पनि अझ महत्वपूण बन्यो।