संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने

Spread the love

काठमाडौं।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । अहिले बिहान १०:३० बजे बोलाईएको संसदीय दलको बैठकसहित दुबै बैठकमा नेपाल पक्ष नजाने भएको हो ।शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने माधव नेपाल पक्षले अडान राखेको छ ।यसअघि संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा बोलाईएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *