संसदीय दलको बैठकमा ओलीले भने : नेपाल–खनाललाई कारबाही हुन्छ

Spread the love

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्देशन नमानेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई कारबाही गर्ने बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सच्चिएर र आत्मालोचना गरेर आए सोच्ने नत्र कारबाही प्रक्रिया अगाडि बढाउने बताएको एक सांसदले बताए।

उनले नेपाल–खनालले पार्टी लगेर प्रचण्डलाई बुझाउने तयारी गरिरहेको आरोप समेत लगाए। उनले नेपाल–खनाल पक्षको ४ र ५ गतेको भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भएको बताए। उनले भेलाका अगुवाहरुलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए।

‘भेलाका अगुवाहरुलाई कारबाही गरेर अगाडि जान्छौँ। त्यसका लागि अहिले विधि र पद्धति बनाइरहेका छौँ’, ओलीको भनाई उद्धृत गर्र्दै एक सांसदले भने, ‘ ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं। ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ।’ आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ।’

उनले प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव राख्न समेत चुनौति दिए।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *