एमाले र माओवादीको शब्दकोषबाट नैतिकता हरायोः कांग्रेस नेता सिंह

Spread the love

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको डिस्नेरीबाट नैतिकता भन्ने शब्द हराएको बताएका छन् । सिंहले जनता सँग जुन म्यान्डेट लिएर आएका हुन त्यो म्यान्डेट पूरा गर्न नसके पछि अब अलिकति नैतिकता देखाईदियर राजनीति प्रतिको बिश्वास बढाउलान्की भन्ने आशा मरेको बताए । सिंहले आफ्नै निवास चाकसीबारी ठमेलस्थित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले झैन आदर्शका कुरा गरेर सत्तामा टासि रहेको टिप्पणी गरे ।एमाले र माओवादी दुबै जिम्मेवार बन्नु पर्नेमा दुबै गैह्रजिमेवार बनेकाले झनै राजनीतिक अन्योलता बढेको भन्दै एउटाले संसद बिगटन जस्तो असंवैधानिक काम गर्याे अनि अर्को यस्तो असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेकोछ भन्दै राजनीति अस्थिरता को कारण दैबै पक्ष उतिकै जिम्वार रहेको बताएका हुन् ।

कांग्रेस एक्लैको प्रयासले यो नैतिकता हिन सरकार को बिकल्प दिन नसकिने भयकाले सरकार हटाउछु भने जस्तो सजिलो नभयको अवस्था बुझ्न पनि आग्रह गरेका छन् । नेताले ओलि सरकार को बर्हिगमन का लागि एकातिर नेकपा माओवादी समर्थन फिर्ता लिन अल्मल गरिरहेको छ अर्कोतिर तिर जसपा ओलि सरकार का बिषयमा प्रस्ट हुन सकिरहेको छैन भन्दै कांग्रेसले केही गर्ने भन्नू भन्दा जसपा र माओवादी लाई पहिले सरकारका बारेमा स्पष्ट हुन समेत आग्रह गरे ।

नेता सिंहले यी दुई दलको ओैपचारिक निर्णय लिएपछी अन्योलता चिर्न कांग्रेस तयार रहेको भन्दै कांग्रेस जस्तो सुकै जिम्मेवारी लियर परिस्थिति लाई समालेर जान तयार रहेको समेत बताए । जन्ताले पटक–पटक जटिल परिस्थितिमा काम गरेर आएको महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको देश र जनताका लागि बलिदानि दिएको कांग्रेसलाई बिस्वास नगरेर कम्युनिस्ट हरुलाई मत दिएकाले अहिलेको परिस्थितिमा मुलुक पुगेको समेत बताएका छन् ।अवसर पाउदा काम गर्न नसकने कम्युनिस्टहरु कुरा मात्रै गर्ने काम गर्न नसक्ने रहेछन भन्ने कुरा अब पनि भनिरहनु नपर्ने भन्दै परिस्थिति बुझेर सबैले अघि बढ्नु पर्ने बेला आएको समेत बताएका छन् । नेता सिहले बिस्वकर्मा समाझको रास्टिय अध्यक्ष गोपाल प्रसाद बिशोकर्मा लगायत बिस्वकर्मा समाझका डेड दर्जन अगुवा हरुलाई आज पार्टि प्रबेश कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गराउदै उक्त कुरा बताएका हुन् ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार सांसद प्रकाश स्नेही , संविधान सभा सदस्य दिपक कुईकेल नेपाली कांग्रेस काठमाडौका सभापति सबुझकृष्ण बानियाँ लगाएको सभागिता रहेको थियो कार्यक्रम नेकपा एमाले माओवाद केन्द्र परित्याग गरि १८ जना कांग्रेस प्रबेश गरेका छन । कार्यक्रम सिह निवास चाकसिबारी ठमेलमा भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *